शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट दक्षिण अफ्रिकामा एक नेपालीको मृत्यु

कोरोनाबाट दक्षिण अफ्रिकामा एक नेपालीको मृत्यु

नागरिक पाटी

२०, श्रावण २०७७
  • 8.1K
    SHARES
  • कोरोनाबाट दक्षिण अफ्रिकामा एक नेपालीको मृत्यु

    काठमाडौँ । दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ । पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए । उनी सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत थिए ।
    थापाका अनुसार अफ्रिका महादेशमै कोरोनाबाट पहिलो नेपालीको मृत्यु भएको हो । अहिलेसम्म अफ्रिकाका दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्ट गरी २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० जना निको भई घर फर्किएको थापाले जानकारी दिएका छन ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०७:१२:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology