हेटौँडा । भारत र तराइबाट मकवानपुर प्रवेश गर्ने चुरियामाई नाकामा कडाइ हुने भएको छ । प्रदेश नं.२ पर्साको वीरगञ्जमा कोरोना संक्रमण फैलिदै गएको र हेटौडा– १० स्थित समिल रोडको एकै घरका दुई जनामा संक्रमण पुष्टि भएपछि बुधबार मकवानपुर जिल्ला प्रशासन कार्यालयले भारत र तराइबाट मकवानपुर पवेश गर्ने चुरियामाई नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।
यसैगरी मंगलबार संक्रमित भेटिएका हेटौँडा उपमहानगरपालिका– १० समिल रोडको सीता भवनलाई शिल गरिएको छ । यस्तै बुधबार मकवानपुरगढी गाउँपालिकाकामा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितहरुलाई हेटौंडा ४ कर्रास्थित आइसोलेसन वार्डमा राखिएको छ । हेटौँडामा होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, हेल्थक्लब बन्द गरिएको छ । चुरियामाई नाकामा सुरक्षा पोष्ट खडा गरी अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने सवारी साधनमा चालक र सहचालकबाहेक यात्रु बोक्ने सवारी बन्द गरिएको छ ।
फायल तस्बिर