शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिविका सबै परीक्षा तत्काल लागि स्थगित

त्रिविका सबै परीक्षा तत्काल लागि स्थगित

नागरिक पाटी

३१, श्रावण २०७७
  • 7.5K
    SHARES
  • त्रिविका सबै परीक्षा तत्काल लागि स्थगित

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ । अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने गरी हाललाई स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

    images
    images

    परीक्षा हुन नसके पनि माथिल्लो तह र सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन थाल्न त्रिविले डिन कार्यालयहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ ।
    क्याम्पस विभागहरूले माथिल्लो तहको पठनपाठन गराउन विद्यार्थीलाई सूचित गर्न थालेका छन् । ‘अहिलेलाई परीक्षा सञ्चालन गर्न सम्भव देखिएन,’ उनले भने, ‘परीक्षा नभए पनि उपल्लो तहको पठनपाठन गर्न भनेका छौं ।’ पहिलो सेमेस्टर वा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको कोर्स पूरा भएर परीक्षा हुन नसकेको भए पनि दोस्रो वर्ष वा सेमेस्टरको कक्षा सञ्चालन गर्न भनिएको छ ।

    वैकल्पिक कक्षाका लागि त्रिविले अध्यापक र विद्यार्थीलाई इमेल आईडी वितरण गरिरहेको छ । करिब ५ लाख आईडी बाँड्ने लक्ष्य त्रिविको छ । विज्ञहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सुझाव दिए पनि डिन कार्यालयहरूले हाललाई स्थगित गरेर भए पनि परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्ने तयारी गरेका हुन् । त्रिविले डिन कार्यालयहरूलाई परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । दसैंतिहारसम्म अनलाइन कक्षा सञ्चालन गर्ने र त्यसपछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको परीक्षा नियन्त्रक जोशीले बताए । त्यसअघि सबै तह र संकायको बाँकी नतिजा प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - ०७:५६:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology