काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएको छ । एक साताअघि काम सके पनि बोर्डले भिडभाड हुने र कोरोना संक्रमणको थप जोखिम हुने भन्दै नतिजा प्रकाशनमा ढिलाइ गरेको थियो ।
एसइई परीक्षाका लागि ४ लाख ८० हजारले फाराम भरेका थिए । गत चैत ६ गतेबाट परीक्षा सञ्चालन गर्ने तालिका रहेकोमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले अघिल्लो दिन परीक्षा स्थगित गरेको थियो ।
यसरी थाहा पाउनुस् नतिजाः
टेलिफोनः
नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।
एसएमएसः
नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।
वेभसाइटः
माध्यमिक शिक्षा परीक्षा कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव विकास केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेभसाइटमा जन्म मिति र सिम्बोल नम्बर राखेर ग्रेड तथा स्तरीकृत अंक ९जिपिए० हेर्न सकिन्छ ।