शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नियमित उडानमार्फत विदेशमा अलपत्र नेपालीहरुको उद्धार गरिने

नियमित उडानमार्फत विदेशमा अलपत्र नेपालीहरुको उद्धार गरिने

नागरिक पाटी

५, भाद्र २०७७
  • 9.1K
    SHARES
  • नियमित उडानमार्फत विदेशमा अलपत्र नेपालीहरुको उद्धार गरिने

    फाइल तस्बिर
    काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार सुचारु गर्ने निर्णय गरेको छ। यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र(सीसिएमसीले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको थियो। अनुमति पाइसकेका चार्टर्ड उडानसमेत रद्ध भएका थिए।

    images
    images

    मन्त्रिपरिषद् बैठकले अब नियमित उडान भएका देशबाट नियमित उडानमार्फत र अन्य देशको हकमा चार्टर्ड उडानमार्फत उद्धार उडान गर्ने पनि निर्णय गरेको छ। उद्धार उडान कहिलेबाट सुचारु गर्ने भन्ने विषयमा अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गर्ने छ।

    सरकारले दैनिक बढीमा १५ सय जनासम्म ल्याउने निर्णय पनि गरेको छ। स्रोतका अनुसार स्वदेश फर्कन चाहनेले ७२ घण्टा ननाघेको पीसिआर रिपोर्ट बुझाउनुपर्ने र काठमाडौँमा सात दिनसम्म आफै रकम तिरेर क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १३:५३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology