काठमाण्डौ । गएको २४ घण्टामा ११ जनाको मृत्यु भए सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो पटक मोरङ र भक्तपुरका एकरएक, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाण्डौका एक र बाराका दुई जनाको मृत्यु भएको हो ।
यस्तै गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सँख्या ३४ हजार चार सय १८ पुगेको छ ।
१३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १९ हजार पाँच सय चार पुगेको छ ।