शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा गाँजासहित दुई जना पक्राउ

चितवनमा गाँजासहित दुई जना पक्राउ

नागरिक पाटी

२, आश्विन २०७७
  • 5.7K
    SHARES
  • चितवनमा गाँजासहित दुई जना पक्राउ

    चितवन । चितवन प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको राप्ती नगरपालिका ५ भण्डारा चोकबाट सोही नगरपालिकाका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती–११ आँपपानी बस्ने २५ वर्षीय दोर्जे तामाङ र २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन् ।

    images
    images

    इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले भदौ २१ गते राती १ वजेको समयमा चितवन राप्ती नपा–८ दबाडीचोक नजिक पम्फा खोला किनारमा ५ वटा बोरामा पोका बनाइ राखेको गाँजा बरामद गरेको हो । घटनामा संलग्नलाई भने प्रहरीले असोज १ गते पक्राउ गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए । प्रहरीले ना३९प २२५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । घटनामा संलग्न १ जना अझै फरार छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - १९:३१:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology