शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटकी सोमिकाले जन्माइन् ५ शिशु

नुवाकोटकी सोमिकाले जन्माइन् ५ शिशु

नागरिक पाटी

१९, आश्विन २०७७
  • 14.0K
    SHARES
  • नुवाकोटकी सोमिकाले जन्माइन् ५ शिशु

    काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार ५ वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

    images
    images

    ५ मध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र चार जना जीवित रहेको अस्पतालले जनाएको छ। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा उक्त शल्यक्रिया भएको थियो।

    डा सुवेदीको नेतृत्वमा भएको शल्यक्रियामा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङदेन संलग्न थिए। यस्तै, एनेस्थेसियामा डा मुकेश कुमारले नेतृत्व गरेका थिए भने नर्सिङ टिमको नेतृत्व रविना प्रजापतिले गरेको थिइन्। हाल बाल रोग विशेषज्ञ डा श्रद्धा श्रेष्ठको रोहबरमा शिशुहरुको उपचार भइरहेको डा सुवेदीले जानकारी दिए।

    जीवित जन्मिएका चार शिशुलाई हाल निगरानीका लागि एनआइसियूमा राखिएको डा सुवेदीले जानकारी दिए। उनका अनुसार आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य छ।
    शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ। ती महिलाको तीन हप्ता अघि भिडियो एक्सरे गर्दा एक शिशुको गर्भमै मृत्यु भएको थियो।

    डा सुवेदीले एकै पटक पाँच जना शिशुलाई जन्म दिएको पहिलो पटक हुन सक्ने बताए। उनले भने, ‘मैले थाहा पाएसम्म एकै पटक पाँच जना शिशुलाई जन्म दिएको यो नै पहिलो पटक हो।’

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १८:१०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology