शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १ जनाको कोरोनाका कारण मृत्यु, आज ४६ जनामा कोरोना संक्रमण

धादिङमा थप १ जनाको कोरोनाका कारण मृत्यु, आज ४६ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१, कार्तिक २०७७
  • 20.5K
    SHARES
  • धादिङमा थप १ जनाको कोरोनाका कारण मृत्यु, आज ४६ जनामा कोरोना संक्रमण

    धादिङ । धादिङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आज शनिबार त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ का ४५ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । यो सँगै धादिङमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा धादिङमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु गल्छि गाउापालिकाका १८ जना, त्रिपुरा सुन्दरी गाउँपालिकाका ८ जना, नीलकण्ठ नगरपालिकाका ८ जना, ज्वालामुखी गाउापालिकाका ४ जना, सिद्धलेक गाउँपालिकाका ३ जना, थाक्रे गाउँपालिकाका ३ जना, गजुरी गाउँपालिकाका १ जना र धुनिबेसी नगरपालिकाका १ जना गरी ४६ जना रहेका छन् ।

    संक्रमितहरुमा ५ बर्षदेखी ७० बर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ८ सय ३६ पुगेको छ । संक्रमित मध्ये ४ सय २२ जना निको भएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १८:५१:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology