काठमाडौं । डबिङ गरेको विज्ञापन प्रसारण गर्ने सञ्चारमाध्यमलाई सरकारले कारबाहीको तयारी गरेको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने र नेपालका सञ्चारमाध्यमले पनि विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाउने व्यवस्था छ । यो ऐन गत कात्तिक ८ देखि कार्यान्वयनमा आएको छ ।
ऐनको व्यवस्थाअनुसार विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्नेलाई ऐनको व्यवस्थाअनुसारै कारबाही हुने विज्ञापन बोर्डका अध्यक्ष डिल्लीराम शर्माले बताए ।