शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भगवान श्रीगणेशको पूजा किन मंगलबार गर्ने ? यस्तो छ धार्मीक मान्यता

भगवान श्रीगणेशको पूजा किन मंगलबार गर्ने ? यस्तो छ धार्मीक मान्यता

नागरिक पाटी

२, मंसिर २०७७
  • 6.9K
    SHARES
  • भगवान श्रीगणेशको पूजा किन मंगलबार गर्ने ? यस्तो छ धार्मीक मान्यता

    आज मंगलबार । मंगलबार भगवान गणेशको पूजा अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ ।

    images
    images

    कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ। मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ।

    मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मीक विश्वास छ।

    शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ।

    जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

    संकल्प : संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस् । सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ । त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ ।

    आह्वान ॐ गं गणपतये नम: आव्हानयामि स्थापयामि । मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ । आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा निम्ता गर्नु हो ।

    आसन : भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नम: आसनार्थे पुष्पाणि समर्पयामि । मन्त्र जप्दै उनका लागि आसनका लागि ठाउँ दिनुपर्छ ।

    आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजा घरमा विराजमानका लागि ठाउँ दिनु हो ।

    पाद्यं (भगवान गणेशका पाउ धुनु: ॐ गं गणपतये नम: पादयो: पाद्यं समर्पयामि । मन्त्र जप्तदै आफ्नो पूजा कोठामा राखिएको भगवान गणेको मूर्ति अर्थात प्रतिमाको पाउ शुद्ध जलले धुनुहोस् ।अर्घ (हात धुनु) आचमनीमा जल, पुष्प, अक्षता लिएर ॐ गं गणपतये नम: हस्तयोस् अघ्र्यं समर्पयामि । मन्त्र जप्दै मूर्तिको हात धुनुपर्छ ।

    आचमन (मुख शुद्ध पारिनु): ॐ गं गणपतये नम: आचमनीयम् जलं समर्पयामि मन्त्र जप्तै आचमनका लागि जल छर्किनुपर्छ । आचमनको अर्थ हुन्छ मुख शुद्ध गर्नु ।

    पंचामृतले स्नान: गं गणपतये नम: पंचामृतस्नानं समर्पयामि । मन्त्रोच्चारण गर्दै पंचामृत से भगवान गणेशको मूतिलाई नुहाउनुपर्छ ।

    पंचामृतमा दूध, दही, घ्यू, मह र शक्करको मिश्रण पर्छन् । यी पाँच चिजको मिश्रणले भगवान गणेशलाई नुहाउनुपर्छ ।

    शुद्ध जलले स्नान: गं गणपतये नम: शुद्धोदकस्नानं समर्पयामि। मन्त्र जप्तै गणेशलाई शुद्ध जलले स्नान गराउनुपर्छ ।

    वस्त्र समर्पण : गं गणपतये नम: वस्त्रोपवस्त्रम् समर्पयामि । मन्त्रोच्चारण गर्दै वस्त्र अर्पित गर्नुपर्छ ।

    गन्ध समर्पण : गं गणपतये नम: गन्धं समर्पयामि। चंदन, रोली, हल्दी, मेहन्दी, अष्टगंध इत्यादिको सुगंधितसहित केही दक्षिण अर्पण गर्नुपर्छ ।

    पुष्प अर्पित : ॐ गं गणपतये नम: पुष्पं समर्पयामि । मन्त्र जप्दै भगवान गणेको प्रतिमा तथा मूर्तिमा फूल चढाउनुपर्छ ।

    अक्षता अर्पित: ॐ गं गणपतये नम: अक्षताम् समर्पयामि। मन्त्र जप्दै भगवान गणेशको पूजाका लागि बनाइएको अक्षता अर्पण गर्नुपर्छ ।

    धूपले पूजा : गं गणपतये नम: धूपम् आघर्पयामि । मन्त्र जप्दै धूप, अगरबत्तीले पूजा गर्नुपर्छ । हातमा दीप तथा धूप लिएर गणेको पूजा गर्नुपर्छ ।

    दीप देखाउनु : ॐ गं गणपतये नम दीपम् दर्शयामि। मन्त्र जपेर दियोले पनि गणेशको पूजा गर्नुपर्छ । हातमा दीप लिएर धूपले पूजा गरेझै बत्तीले पनि पूजा गर्नुपर्छ ।

    आरती : गं गणपतये नमः आरार्तिक्यम् समर्पयामि । मन्त्रसहित भगवान गणेशलाई प्रशन्न बनाउन एकाग्र चित्तले आरती गर्नुपर्छ ।

    प्रदक्षिणा : हातमा फूल अक्षता लिएर भगवान गणेशको प्रतिमा वरिपरि परक्रमा गर्नुपर्छ । परिक्रमा गरिसकेपछि उक्त अक्षता तथा फूल भगवान गणेशको मूर्तिमा समर्पित गर्नुपर्छ । उक्त समयमा ॐ गं गणपतये नम: प्रदक्षिणा समर्पयामि। मन्त्रोच्चारण गर्नुपर्छ ।

    पुष्पाञ्जलि : ॐ गं गणपतये नम: पुष्पांजलि समर्पयामि । मन्त्रसहित हातमा लिएको फूल तथा अक्षता विघ्न–वाधा नाशक भगवान श्री गणेशलाई समर्पण गर्नुपर्छ ।

    नेवैद्य अर्पण : ॐ गं गणपतये नम: नेवैद्यम् निवेदयामि । मन्त्रोच्चारण गर्दै भगवान गणेको पूजाका लागि बनाइएको पंचामृत अर्पण गुर्नपर्छ । भगवान गणेशको पूजामा तुलसी अर्पण गर्नुहुँदैन ।पंचामृतमा पनि तुलसीको प्रयोग गर्नुहुँदैन ।

    ॐ गं गणपतये नम: फलम् समर्पयामि मन्त्रसहित भगवान गणेशको मूर्तिमा फलफूलहरु अर्पण गर्नुपर्छ ।

    ॐ गं गणपतये नम: मिष्ठान्न भोजनम् समर्पयामि मन्त्रसहित मीठा भोजन तथा मिठाई अर्पण गर्नुपर्छ ।

    ॐ गं गणपतये नम: पंचमेवा भोजनम् समर्पयामि मन्त्रको उच्चारण गर्दै कहते हुए पंचमेवा अर्पण गर्नुपर्छ । यी सवै पूवाविधि पूरा गरिसकेपछि ।

    आफूले भूलबस गरेका अर्थात जानी नजानी भएका गल्तीका लागि क्षमा माग्नुपर्छ ।

    त्यसैगरी मंगलबारका दिन भगवान गणेशसँगसँगै भगवान हनुमानको पनि पूजा हुने गर्दछ।

    हिन्दू शास्त्रका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ।

    त्यसैले यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ।

    मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?

    मंगलबार बिहान राम मन्दिर जानुहोस् । मंगलबार हनुमानको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ।

    मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । यसो गर्दा बच्चामा सुत्दा डराउने समस्या हटेर जाने गर्दछ।

    एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकारात्मक उर्जा समाप्त गर्ने काम गर्दछ।

    मंगलबार बेलुका हनुमानलाई गुलाब चढाउनुहोस् । यसो गर्दा जीवनमा रहेका समस्या समाधान हुन्छन।

    मंगलबार रामस्तोत्र पढ्ने गर्नुहोस् । जसले शुभ कामको थालनी गर्दा लाभ प्राप्त हुने वातावरण निर्माण गर्छ ।

    मंगलबार शुद्ध ध्यु वा तेलको बत्ती बालेर मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसो गर्दा तपाईको मनकामना पूर्ण हुनेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - ०७:०४:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology