धादिङ । बागमती प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख ८ हजार भन्दा बढि पुगेको छ । बागमती प्रदेशमा ८९ प्रतिशतमा कोरोना भाइरस संक्रमण निको भएको छ ।
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख २१ हजार ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्यमा एक लाख भन्दा धेरै जनामा कोरोना भाइरस संक्रमण निको भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।
नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ६ सय ५४ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ८९ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।