शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा सपना रोका मगर

बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा सपना रोका मगर

नागरिक पाटी

१०, मंसिर २०७७
  • 12.5K
    SHARES
  • बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा सपना रोका मगर

    काठमाण्डौं । नेपालकी सपना रोका मगर बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा पर्न सफल भएकी छिन् । बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी हुन् । म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।

    images
    images


    बेवारिसे शवहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन् । सडकमा अलत्रप परेका शवहरु अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहेकी छिन् । सपनासँगै विश्वका विभिन्न क्षेत्रमा कार्यरत अन्य महिलाहरु पनि सयजनाको सूचीमा परेका छन् ।

    बीबीसीले प्रत्येक वर्ष त्यस्ता प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची प्रकाशित गर्दै आएको छ । बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - ०८:५६:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology