शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय भिटामीन “ए” कार्यक्रम अन्तर्गत धादिङको धुनिवेशीमा सुन्तला रङको सखरखण्ड वितरण

राष्ट्रिय भिटामीन “ए” कार्यक्रम अन्तर्गत धादिङको धुनिवेशीमा सुन्तला रङको सखरखण्ड वितरण

नागरिक पाटी

१२, मंसिर २०७७
  • 19.6K
    SHARES
  • राष्ट्रिय भिटामीन “ए” कार्यक्रम अन्तर्गत धादिङको धुनिवेशीमा सुन्तला रङको सखरखण्ड वितरण

    धादिङ । धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको जुगेडी ९, गाँउघर क्लिनिकमा भिटामिन ए, जुकाको औषधि वितरण सँगै महिला स्वास्थ्य स्वँय सेविका मीना राई द्धारा निशुल्क सुन्तला रङको सखर खण्डको आँख्ला वितरण गर्नुभएको छ ।
    भिटामीन “ए” खुवाउन आउने मानिसहरुलाई यसको महत्व र लगाउने बारेमा प्रष्टाउँदै प्रति व्यक्ति ३ वटा सखरखण्डको डाँठ प्रदान गरिएको महिला स्वास्थ्य स्वँय सेविका राईको भनाई छ ।

    images
    images

    भिटामीन “ए” को कमीले आँखा सम्बन्धि समस्या (रतन्धो, जलविन्दु) लगायत अन्य रोगबाट बच्न समेत यसको प्रयोग गर्नु पर्ने हुन्छ । सुआहारा कार्यकमले विगत ४ वर्ष देखि धादिङ जिल्लामा गर्भवती, सुत्केरी र २ वर्ष मुनीका बच्चाको पोषणमा सुधार ल्याउन विभिन्न कृयाकलाप गर्दै आइरहेको छ । 

    सुन्तला रङको सखरखण्ड के हो ? कस्तो स्थानमा खेती गर्न सकिन्छ ?

    सुआहारा कार्यक्रमले प्रवद्र्धन गरेको सखरखण्ड अरु भन्दा भिन्न छ । प्राय सखरखण्ड सेतो हुने गर्दछ तर यो सखरखण्ड काटदा सुन्तला रङको हुन्छ । सुन्तला रङको कारणले गर्दा भिटामीन “ए” को राम्रो श्रोत मानिन्छ ।  सुआहारा कार्यक्रमका घरायसी खाधान्न अधिकृत श्री श्याम अधिकारीका अनुसार विकशित राष्ट्रमा भिटामीन “ए” को पूर्ति वनस्पति जन्यश्रोतबाट गरिन्छ । सुआहारा कार्यक्रमले पनि केही ग्रामिण नमूना कृषकहरु मार्फत यसको प्रवर्धन गरिरहेको छ । यो एक खालको लहरे वाली हो । शुरुमा यसको पात हरियो वैजनी रङको र बाटुलो आकारको पात र फुलको रङ निलो हुन्छ ।

    mina rai 1 pic.jpg

    सुन्तला रङको सखरखण्ड र यसको पातमा बिटा क्यारोटिन (भिटामीन ए) प्रसस्त मात्रामा पाइन्छ । यसमा भिटामीन ए को साथसाथै कार्बोहाइडेट अन्य पौष्टिक तत्वहरु क्याल्सियस, पोटासियम, आइरन, भिटामीन बी र भिटामीन सि प्रसस्त मात्रामा पाइन्छ । यसको जरा, पात तथा मुन्टा समेत खान सकिन्छ । यसको पात तथा मुन्टालाई पनि हामीले अन्य तरकारी र साग जस्तै दैनिक खाना सँग खान सकिन्छ ।
    यो सुख्खा मौसममा र कमपानी भएको सुख्खा ठाँउमा पनि लगाउन सकिन्छ । यसले तुसारो सहन नसक्ने हुँदा तुसारो नपर्ने ठाँउमा यसको खेती सजिलै गर्न सकिन्छ ।

    OFSP.jpg

    विरुवा रोप्दा २ देखि ३ आँख्ला भएको डाँठ ४ देखि ६ अंगुल गहिरो र ७ देखि १० अंगुल अग्लो डयाङ पारेर रोप्नु पर्दछ । यसरी रोप्दा एक लाइन देखि अर्को लाइनको दूरी २ हात र बोटबाट बोटको दूरी १ हातको फरक हुनुपर्दछ । यसरी रोपेपछि ४ देखि ५ महिनामा वाली खन्न सकिन्छ ।

    फल टिपी सकेपछि ४, ५ दिन भण्डारण गर्नाले स्टार्चबाट सुगरमा परिणत हुनाले अझै गुलियो स्वाद आउँछ । यसलाई सलादको रुपमा, उसिनेर, कोरेर, गाजरको हलुवा जस्तै पकाएर समेत खान सकिन्छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १४:४२:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology