धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना, बेनिघाट रोराङ गाउँपालिका र थाक्रे गाउँपालिकाका १र१ जना गरी थप ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ४० पुगेको छ। जिल्लामा १२ सय ८४ कोरोना संक्रमित निको भएका छन । यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ३२ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।