शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला

मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला

नागरिक पाटी

२१, मंसिर २०७७
  • 8.2K
    SHARES
  • मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला

    रुपन्देही । कोरोना महामारीका कारण विगत आठ महिनादेखि बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि आइतबारदेखि खुल्ला गरिएको छ।

    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आज मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे।

    विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले जानकारी दिए ।

    लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने नियम बनाइएको जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - २०:५३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology