धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोराना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका संक्रमितहरु गल्छी गाउँपालिका वडा नं १ का ३६ र ४९ बर्षिय पुरुष, वडा नं २ का ३२ बर्षिय पुरुष, वडा नं ३ की ४० बर्षिया महिला रहेकी छिन् । यस्तै वडा नं ४ का २२ बर्षिय पुरुष, वडा नं ६ का २५,२५ बर्षिय पुरुष र ४१ बर्षिया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या भने १ हजार ४ सय ९८ पुगेको छ ।