धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप नौ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।
सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ९ सय ९६ जना डिस्चार्ज भएसँगै दुई लाख ३८ हजार ५ सय ६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय ३० पुगेको छ ।
अहिले देशभर ९ हजार ८ सय ८१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १ सय १७ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ४३ हजार ५ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ ।