शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

नेपालमा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

नागरिक पाटी

३, पौष २०७७
  • 4.6K
    SHARES
  • नेपालमा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

    images
    images

    सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार २९ जना डिस्चार्ज भएसँगै दुई लाख ४१ हजार ३ सय ९२ जना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय ६५ पुगेको छ ।

    देशभर ९ हजार ३ सय १७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४ सय ३० जनाको पिसिआर परीक्षण भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - २१:५१:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology