शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धार्के नजिकै भएको दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा निलकण्ठ घर भएका बाबु-छोरा !

धादिङको धार्के नजिकै भएको दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा निलकण्ठ घर भएका बाबु-छोरा !

आशिष ठकुरी

२९, माघ २०७७
  • 69.0K
    SHARES
  • धादिङको धार्के नजिकै भएको दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा निलकण्ठ घर भएका बाबु-छोरा !

    धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका स्थित चारकिलो भन्ने स्थानमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक रुपा थापाका अनुसार मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका घर भएका ६० वर्षीय बलराम अधिकारी र उहाँका छोरा ३० वर्षीय डा. सुरेश अधिकारी रहेका छन् ।

    images
    images

    धादिङवेशीबाट काठमाण्डौ तर्फ जान लागेको बागमती प्रदेश ०२–००९ प ८२३० नम्वरको मोटरसाइकल, काठमाण्डौबाट चितवन जादै गरेको ना१क ६५४७ नम्वरको ट्रकमा ठोक्किएर आज (बिहिबार) दिउँसो २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

    ट्रक सँग ठोक्किएपछि मोटरसाईकलमा आगलागी भएको थियो । आगलागिका कारण मोटरसाईकल पनि पुर्ण रुपमा क्षति भएको छ । ओभरटेक र अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनास्थल धार्के बजार बाट १ किलोमिटर महादेववेशी तर्फ हो । 

    यो पनि पढ्नुहोस्.. 

    धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु  

    दुर्घटना सम्बन्धी अर्को समाचार पनि पढ्नुहोस्

    सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । दाङ, झापा, रुपन्देही, चितवन लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दाङको तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित चौवाखोलामा लु.५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्री सोही उपमहानगरपालिका-१९ पकरे बस्ने ७५ वर्षीय दिल बहादुर बुढाथोकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै झापाको गौरीगंज गाउँपालिका-९ बढिधापस्थित सडकमा को.१३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-९ बैगुनधुरा बस्ने ३९ वर्षीय पुरुषोत्तम फुँयालको घटनास्थलमै मृत्यु भएको छ ।

    यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ शंकरनगरस्थित सडकमा लु. ३० प ८५६९ नम्बरको स्कुटरलाई सोमबार साँझ हाल नम्बर नखुलेको बसले ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-८ बस्ने २६ वर्षीया पुजा गहतराजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसको प्रहरीले खोजी गरिरहेको छ ।

    यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-२ अरनिको बस्तीस्थित सडकमा से. ४ प ५५४६ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया पोदेजोम तामाङ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    अनि चितवनको रत्ननगर नगरपालिका-९ स्थित सडकमा ना.५ ख ५६७९ नम्बरको ट्रक र ना.६२ प ८२३० नम्बरको मोटरसाइकल सोमाबर राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ बस्ने २५ वर्षीया दुर्गा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा गोरखा नगरपालिका-३ बस्ने २४ वर्षीय प्रबेश अर्यालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    सवारी दुर्घटनामा २ जनाको मृत्यु

    मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका.१ मा सोमवार दिउँसोको ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

    स्कुटर चालक बेलवारी ४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका ९ मा को १३ प २०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका ९ का ३९ बर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १६:२४:१९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology