शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा अतिविपन्न परिवारका बालबालिका, वृद्ध-वृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कपडा वितरण

धुनिबेशीमा अतिविपन्न परिवारका बालबालिका, वृद्ध-वृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कपडा वितरण

शिवराज आचार्य

११, फाल्गुण २०७७
  • 8.9K
    SHARES
  • धुनिबेशीमा अतिविपन्न परिवारका बालबालिका, वृद्ध-वृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कपडा वितरण

    धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ कार्यालय द्धारा अतिविपन्न परिवारका बालबालिका, बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई कपडा वितरण गरिएको छ । वडाका विभिन्न विद्यालयमा अध्ययन गर्ने अतिविपन्न गरिव परिवारका विद्यार्थीहरुका लागि स्कुल ड्रेस धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र उपमेयर निरु खरेलले मंगलबार एक कार्यक्रमका विच वितरण गर्नु भएको हो ।

    images
    images

    dhunibeshi123.jpgवडा कार्यलयबाट आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरिएको महिला तथा बालबालिका शिर्षकको ५ लाख बजेटमा १ लाख खर्च गरि ५० जना विद्यार्थी र ३० जना अपाङ्ग तथा बृद्धबृद्धाहरुका लागि न्यानो फाईवर सिरक वितरण गरिएको वडा अध्यक्ष साँईला राईले बताउनु भएको छ ।

    कार्यक्रममा नगरपालिकाका उपमेयर निरु खरेलले नागरिकको जनभावना लाई कदर गर्दै कार्यपालिकाको बैठकबाट पारित गरिएको निर्णय अनुसार स्कुल ड्रेस र फाइवर सिरक वितरण गरिएको बताउनुभयो ।

    dhunibeshi12.jpg

    यस्तै नगरपालिकाका मेयर बालकृष्ण आचार्यले यस किसिमको कार्यक्रम गरेर विपन्न बालबालिका तथा अपाङग तथा असहायहरुलाई केही राहत मिलेको बताउनु भयो । नगरले आगामी दिनमा समेत असहाय तथा विपन्न नागरिकहरुलाई सहयोग गर्ने मेयर आचार्यको भनाई छ । उहाँले नगरपालिकाले असहाय तथा बृद्धबृद्धाहरुका लागि सहयोग गर्ने उद्देश्यले नगरपालिकाको वडा नम्बर २ का रातमाटेमा बृद्धबृद्धा आश्रम स्थलको भवन निर्माण भईरहेको पनि बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २०:४०:४८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology