शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोल्पुखोलाको हाँडिरहमा धार्मिक तथा साँस्कृतिक जलेश्वर मेला सुरु

कोल्पुखोलाको हाँडिरहमा धार्मिक तथा साँस्कृतिक जलेश्वर मेला सुरु

नागरिक पाटी

१३, फाल्गुण २०७७
  • 10.2K
    SHARES
  • कोल्पुखोलाको हाँडिरहमा धार्मिक तथा साँस्कृतिक जलेश्वर मेला सुरु

    जलेश्वर । कोल्पुखोलाको हाँडिरहमा बिहिबार आजदेखी धार्मिक तथा साँस्कृतिक जलेश्वर मेला सुरु भएको छ । सर्वशक्तिमान जलेश्वर सँस्थाको आयोजनामा धादिङको थाक्रे गाउँपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाको सिमाना कोल्पुखोलाको हाँडिरहमा जलेश्वर मेला सुरु भएको हो ।

    images
    images

    मेलाको उद्घाटन पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले गर्नुभएको छ । उद्घाटन कार्यक्रम पछि डा. खतिवडाले ऐतिहासिक जलेश्वर क्षेत्रको विकासका लागि आफुहरुको तर्फबाट साथ र सहयोग रहने बताउनुभएको छ ।

    मेलामा भोली शक्रबार विभिन्न धार्मिक प्रवचन, तथा साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ । हरेक वर्ष श्री स्वस्थानी व्रतकथाको समाप्तको दिन सकिने गरि हुँदै आएको मेला पर्सि शनिबार समापन हुने सँस्थाका अध्यक्ष होमनाथ पुडासैनीले बताउनुभएको छ ।

    कार्यक्रममा दुखीको यात्रा फिल्मका उद्धव प्रसाद मिश्र, सञ्चार विज्ञ गँगा पोखरेल, बेलकोटगढी ३ का वडा अध्यक्ष जनक प्रसाद घिमिरे लगायत विभिन्न स्थानबाट भक्तजनहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १९:०७:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology