काठमाण्डौं । चालु आर्थिक वर्षको सात महिनामा सेयर बजारबाट लगानीकर्ताले करिब सवा खर्ब रुपैयाँ नाफा कमाएका छन् । यो गत साउनदेखि माघसम्म सेयर कारोबारबाट लगानीकर्ताले कमाएको कुल आम्दानीबाट कर तिरेपछिको रकम हो ।
चालु आर्थिक वर्षका प्रायः सबै महिना सेयर बजार बढिरहेको छ । बढेको बजारबाट नाफा सुरक्षण (प्रोफिट बुक) गर्ने क्रममा लगानीकर्ताले करिब सवा १ खर्ब रुपैयाँ नाफा कमाउन सफल भएका हुन् । खासगरी लकडाउनपछि खुलेको बजार बुलिस (निरन्तर बढिरहेको) ट्रेन्डमा रहेकाले लगानीकर्ताले राम्रो नाफा आर्जन गर्ने अवसर पाएको जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।