खानीखोला । धादिङको धुनिबेशी नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुका लागि निःशुल्क शिक्षाको सुरुवात गरेको छ ।
नगरपालिका भित्र कक्षा ११ देखी उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुले यातायात भाडा तथा कलेज शुल्क बापत कुनै रकम तिर्न नपर्ने व्यवस्था गरेको हो ।

मंगलबार एक कार्यक्रमका विच मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलाको क्याम्पसमा अध्ययन गर्ने ९ जाना बुहारीहरुलाई छात्रबृत्ती वितरण गरेर कार्यक्रमको सुरुवात गरिएको क्याम्पसले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बुहारीहरुले घरको काम संग संगै पढाईमा निरन्तरता दिउन भन्ने उद्देश्यका साथ नगरले बुहारी शिक्षा कार्यक्रम सुरुवात गरेको बताउनु भएको छ ।

त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै मच्छिन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमोद पाठकले धुनिबेशी नगरपालिकाले ९ जना बुहारीहरुलाई छात्रबृत्ती प्रदान गरी बुहारी शिक्षाको सुरुवात गरेकोमा नगरपालिकालाई धन्यवाद दिनु भएको छ । उहाँले क्याम्पसमा १५ जना बुहारीहरु अध्ययन गर्ने बताउँदै उनिहरुका लागि समेत छात्रबृत्ती प्रदान गरिने बताउनु भयो ।
कार्यक्रममा मच्छिन्द्र बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अर्जुन उप्रेती, धनिबेशी नगरपालीकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल,प्रमुख प्रसाशकीय अधिकृत हरिदत्त कडेल, वडा नं ९ का अध्यक्ष राईला राई, शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख सुजन राज खनाल, अधिकृत विकाश खत्री, मच्छिन्द्र बुहुमुखी क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु लगायतकोे उपस्थिति रहेको थियो ।