शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ओरालो लाग्दै सेयर बजार

ओरालो लाग्दै सेयर बजार

नागरिक पाटी

२६, फाल्गुण २०७७
  • 8.2K
    SHARES
  • ओरालो लाग्दै सेयर बजार

    काठमाण्डौं । पछिल्लो समय सेयर बजार ओरालो लागेको छ । बुधबारको बजार ३.४० अंकले घटेर बन्द हुँदा कारोबार रकममा समेत गिरावट छ ।
    यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार (ट्रेडिङ) समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ ।

    images
    images


    घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । घलेम्दी हाइड्रोपावरको पनि आज सेयर मूल्य बढेको छ । यसको सेयर ९.९२ प्रतिशतले बढेको हो । यसको सेयर मूल्य १ सय ४४ पुगेको छ । आज नेपाल टेलिकम र पूर्वाधार बैंक (निफ्रा) को कारोबार बढी छ ।


    नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने निफ्राको २० करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १६:२७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology