शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अब धादिङको रुबिभ्याली सहित चार वटा पालिकामा बैंक शाखा पुग्न बाँकी

अब धादिङको रुबिभ्याली सहित चार वटा पालिकामा बैंक शाखा पुग्न बाँकी

नागरिक पाटी

५, चैत्र २०७७
  • 6.7K
    SHARES
  • अब धादिङको रुबिभ्याली सहित चार वटा पालिकामा बैंक शाखा पुग्न बाँकी

    धादिङ । सात सय ५३ पालिकामध्ये सात सय ४९ वटा पालिकामा ’क’ वर्गका अर्थात् वाणिज्य बैंकको शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म सात सय ४९ पालिकामा बैंकका शाखा पुगेका छन्, चार वटा पालिकामा शाखा पुग्ने क्रममा रहेका छन् । प्रदेश दुई, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा बैंकका शाखा पुगेका छन् ।

    images
    images


    प्रदेश एकको ताप्लेजुङको मिक्वा खोला गाउँपालिका, वाग्मती प्रदेशको धादिङको रुबिभ्याली गाउँपालिका, कर्णालीको जाजरकोटको जुनिचाँदे र सुदूरपश्चिमको बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा पुगेको छैन ।


    राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या माघ मसान्तमा एक सय ४३ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या १० हजार तीन सय ६६ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - १९:३१:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology