शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सीडीसी भन्छ, "हावाको माध्यमबाट पनि कोरोना सङ्क्रमण हुन सक्छ"

सीडीसी भन्छ, "हावाको माध्यमबाट पनि कोरोना सङ्क्रमण हुन सक्छ"

नागरिक पाटी

२५, बैशाख २०७८
  • 10.9K
    SHARES
  • सीडीसी भन्छ, "हावाको माध्यमबाट पनि कोरोना सङ्क्रमण हुन सक्छ"

    काठमाण्डौ । हावाको माध्यमबाट पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले जनाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको माध्यमबाट पनि भाइरस सर्ने सम्भावना रहेको बताएको हो ।

    images
    images

    सीडीसीको निर्देशिकामा स्वास फेर्ने क्रममा हावामा रहेका कोरोना भाइरसयुक्त कणहरुका कारण सङ्क्रमण फैलिन सक्ने भनिएको छ । सङ्क्रमित व्यक्तिबाट ६ फीटको दूरीमा रहे पनि अरुको शरीरमा भाइरस आउन सक्ने सीडीसीले चेतावनी समेत दिएको छ ।

    भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा सङ्क्रमण हुन सक्ने सीडीसीले जनाएको हो । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २२:२५:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology