शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा जुटाउँदै धुनिबेशी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह

नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा जुटाउँदै धुनिबेशी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह

शिवराज आचार्य

२८, बैशाख २०७८
  • 11.8K
    SHARES
  • नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा जुटाउँदै धुनिबेशी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह

    धार्के, धादिङ । धादिङको धुनिबेशी नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ । पटक–पटक साबुनपानीले हात धुन, मास्क र स्यानिटाइजर प्रयोग गर्न, अनावश्यक भीडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर नगरपालिकाले नगरबासीलाई आग्रह गरेको हो ।

    images
    images

    स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्नु नै कोरोनाबाट बच्ने उपाय भएकाले नगरबासीले यसमा सहयोग पु¥याउने अपेक्षा गरिएको नगरप्रमुख बालकृष्ण आचार्यले बताएका छन् ।

    आचार्यका अनुसार नगरपालिकामा अत्यावश्यक औषधीको व्यवस्थासहित तत्कालका लागि आवश्यक अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । थप अक्सिजन सिलिन्डर खोजी भइरहेको नगरप्रमुख आचार्यले जानकारी दिए । नगरपालिकाको आफ्नै ३ वटा एम्बुलेन्स मार्फत बिरामीलाई अस्पतालसम्म निःशुल्क ल्याउने व्यवस्था मिलाइएको नगर उपप्रमुख उपप्रमुख निरु खरेलको भनाइ छ ।

    अक्सिजन उत्पादनका लागि २ वटा मेसिन र विद्युत् आपूर्ति नभएको समय मेसिन चालू राख्न जेनेरेटर व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । आवश्यक परे नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गरेको सवारी साधन बिरामीको स्वास्थ्य सेवा दिन तयारी अवस्थामा राखिएको नगरपालिकाले बताएको छ ।

    Nagarbasi_Ma_Anurodh.pdf :To download file click here

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १९:३७:४० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology