शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाकी उपाध्यक्ष तिमल्सिनाले आफु चढ्ने गाडीलाई अब बिरामी बोक्न दिने

गल्छी गाउँपालिकाकी उपाध्यक्ष तिमल्सिनाले आफु चढ्ने गाडीलाई अब बिरामी बोक्न दिने

आशिष ठकुरी

६, जेठ २०७८
  • 12.6K
    SHARES
  • गल्छी गाउँपालिकाकी उपाध्यक्ष तिमल्सिनाले आफु चढ्ने गाडीलाई अब बिरामी बोक्न दिने

    गल्छी । धादिङको गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिनाले चढ्दै आएको गाडी बिरामी बोक्ने दिने बताउनुभएको छ । विश्व व्यापी रुपमा फैलिएको नयाँ प्रजाती सहितको कोभिड-१९ कोरोना भाईरसको लहरले गल्छी गाउँपालिकालाई पनि आक्रान्त पारेकाले अब आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने बताउनुभएको हो ।

    images
    images

    उहाँले यस्तो महामारीको समयमा विरामीहरूलाई आवतजावतमा समस्या नहोस् भनेर आफूले चढ्दै आएको गाडीलाई बिरामी बोक्न दिने घोषणा गरेको जानकारी गराउनुभयो ।

    कोरोना रोगको रोकथाम तथा नियन्त्रण समितिको बैठकले पनि गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना (लामिछाने) को सवारी साधन बा १ झ ७६६२ लाई एम्बुलेन्स बनाई बैरेनी अस्पतालमा राखिने र गाउँपालिकाको एम्बुलेन्स बा २ झ ४४३७ लाई कोभिड सम्बन्धी अत्यावश्यक कामको लागि मात्र प्रयोग गर्ने पनि निर्णय गरेको छ ।

    गल्छि गाउँपालिकामा बुधबारको तथ्याँक अनुसार जम्मा १ हजार ५ सय ३५ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा जिल्ला भित्र र बाहिरका गरि ४३३ जना सँक्रमित भएका छन् भने अहिले सक्रिय सँक्रमितको सँख्या १९२ रहेको छ ।

    यो पनि : गल्छि र थाक्रे गाउँपालिकाको खाद्यान्न तथा औषधी पसलमा अनुगमन, कुन पसललाई कति जरिवाना र जफत ?

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १०:०६:५५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology