शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

नागरिक पाटी

९, जेठ २०७८
  • 8.5K
    SHARES
  • बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

    धादिङ । नेपालमा कोरोना संक्रमणले भयावह रूप लिइरहेका बेला विभिन्न विदेशी मुलुकहरुले नेपाललाई सहयोग गर्ने क्रम बढेको छ । यसैक्रममा बेलायतले नेपाललाई २० लाख कोरोना खोपसहयोग गर्ने भएको छ ।

    images
    images

    बेलायतले आफ्नो देशमा विकास गरिएको खोप एस्ट्राजेनेका २० लाख उपलब्ध गराउने भएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर बेलायतले कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई कोरानाविरुद्धको खोप उपलब्ध गराउने जानकारी दिनुभएको हो ।

    नेपालमा कोरोनाको स्थिति भयावह बन्दै गइरहेको बारेमा बेलायती संसद्को उपल्लो सदन हाउस अफ लड्र्समा समेत लामो छलफल भएको छ । यसअघि पनि बेलायतको समेत सहयोग रहेको कोभ्यास कार्यक्रमअन्तर्गत नेपालले भारतमा बनेको कोरोनाविरुद्धको खोप कोभिसिल्डको ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरिसकेको छ भने अहिले बेलायतले पुनः आफै खोप दिन लागेको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १८:२३:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology