शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्वार्थको राजनीति म त्यति बुझ्दिन !

स्वार्थको राजनीति म त्यति बुझ्दिन !

  • 10.5K
    SHARES
  • स्वार्थको राजनीति म त्यति बुझ्दिन !

    म विँ.स. २०३४ सालको हुँ । मलाई ०४३ सालको चुनावमा भोट हाल्ने लाइनबाट कोठा छिर्दा चिप्लेर लड्दा हातको चिट कुलोमा परेर पानीले बगाँउदा भोट लुट्ने अधिकार खोसिएको बालक हुँ । नेता राजेन्द्रप्रसाद पाण्डे र ठाकुर शर्मालाई मैले मेरो वडामा स्कुल उदघाटन गर्न जाँदा मात्र देखेको थिएँ २०४५ सालमा । जिल्ला सभापति भईसक्नु भएका पाण्डेले पन्च पृष्ठभुमिका आफ्ना गुरु शर्मालाई अंकित गर्दै बिकास खाने हामी भन्नू हुन्थ्यो । २०४६ सालदेखी राजनीती पढ्न जानीयो । २०४७ साल जेठमा पाण्डेको दोस्रो भाषण सुँने  । । २०४८ सालमा ७७ वर्षिय स्व. वृद्धिको नाम (नाम गोप्य) सुर्य चिन्हमा, २०५१ को मध्यावधिमा आफ्नै नामबाट भोट हाल्न शुरु गरेँ ।

    images
    images

    चुनावी रणनीति बुझियो थोरै–थोरै । २०५४ को स्थानीय चुनाव, २०५५ मा एमाले बिभाजन, २०५६ को आमनिर्वाचन, २०६४ को आकाशमा सिसि क्यामेरा जडान गरेको संविधान सभा निर्वाचन, २०७० को अन्तिम भनिएको संविधान सभा निर्वाचन, २०७४ को स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म आईपुग्दा र २०६४ चुनाव देखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जिल्ला तहको नेतृत्वले सरह भुमिका निर्वाह गरेको अनुभव छ म सँग ।

    कोहि पहिला जन्मे कोहि शहर बजारमा जन्मे, त्यतिकै भरमा आफू ठुलै राजनीतिकर्मी भएको फुर्ती गर्दै छन । अझ फेसबूक पेजमा लेखेर खुशीयाली र दुखेसो पोख्दै छन् । पार्टी बिभाजनको असर २०५६ सालमा चुनाव हारेका उम्मेदवार र त्यस क्षेत्रका नेतालाई थाहा छ । मलाई यति थाहा छ कि मैले पार्टी प्रशिक्षण लिँदाको पद्धति र अनुशासन अहिले छैन । पार्टी विधि पद्धति अनुसार चलेको देख्दिन । अहिले स्वार्थपुर्तिको लागि झुण्डहरु बनेका छन् । त्यो झुण्डले संस्थागत रुप धारण गर्दा गुट तथा समूह बन्यो । पार्टी भनेकै यहि समूह हो भन्नेमा पुग्यो । अन्ततः अध्यक्ष समुहले आफू समूह हितमा काम गर्न थाल्यो ।

    स्थानीय तहको निर्वाचन परिणामको जगमा एमाले अध्यक्ष ओली महत्वाकांक्षी भएर माओवादी केन्द्रका अध्यक्षसंग चुनावी तालमेलको प्रस्ताव गरे । दाहाल कांग्रेससंग स्थानीय तहमा गरेको तालमेल भन्दा वंश संगको तालमेल प्राकृतिक हुने भएर आए । सांगठनिक नभई दुई अध्यक्षले गरेको सहमति निर्वाचन पछि २०७५ जेठ ३ गते बिना तयारी दिवंगत मदन आश्रतिलाई साथी राखेर एकता घोषणा गरे तर टिकेन ।

    अर्काको पार्टीको नाममा दर्ता गरेर चलेको पार्टी प्रथम अध्यक्षको आफ्नै अदुरदर्शिताले हुँदा खाँदाको सुबिधाजनक बहुमतको सरकार हुँदा हुँदै संसद विघटन पश्चातको भाँडभैलो भयो । त्यही मौकामा नेकपा जसको हो उसले पायो । एमाले माओवादी सर्वोच्चले छुटाई दियो । अधिकांश कार्यकर्ता र शुभचिन्तक मतदातालाई लागेको थियो (अझ पनि) २०७५÷२÷२ पुग्छ र साविक एमाले चल्छ भन्नेमा । तर एकपछी अर्को गतिविधि हेर्दा अध्यक्षले २३ जना भित्राएर ३१ लाख ७७ हजार मतदाता, कार्यकर्ता र जीवन नै पार्टी हो भनेर हिँडेका नेताहरुहरुलाई भाग लाउँदैछन् । वरिष्ठ कार्यकर्ताहरु पद पाइने भो भनेर हुटिङ गरिरहेका छन् । यो फुटले ओली एमाले प्रत्यक्ष २०–२२ र समानुपातिक २०–२२ सिट र खनाल–नेपाल एमाले प्रत्यक्ष २०–२२ र समानुपातिक २०–२२ सिट ल्याएर कांग्रेसको घर झगडा गराएर बस्नु शिवाय अरु काम हुने छैन । वहालवाला प्रधानमन्त्री र गृहमन्त्रीले चुनाव हारेको देशको नागरिक हुँ म र मेरो देश । चेतना भया ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - २१:४७:४५ बजे

    राजेन्द्र कुमार बस्नेत

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology