शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जेठ १८ गतेदेखि तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

जेठ १८ गतेदेखि तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

नागरिक पाटी

१४, जेठ २०७८
  • 8.6K
    SHARES
  • जेठ १८ गतेदेखि तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

    काठमाण्डौं । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

    images
    images

     

    कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको उहाँले जानकारी दिनुभयो । तीनै देशबाट सातामा एउटा मात्र उडान हुने छ ।

     

    एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ । आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन । अहिले पनि सङ्क्रमण नघटेकाले अहिले नै आन्तरिक उडान खोल्नेबारे नसोचिएको मन्त्री ढकालले बताउनुभयो । अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ०८:५२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology