शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कार्यदलद्धारा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

कार्यदलद्धारा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

नागरिक पाटी

१६, जेठ २०७८
  • 7.2K
    SHARES
  • कार्यदलद्धारा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

    काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको सङ्क्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।

    images
    images

    कोरोना भाइरसको सङ्क्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा कसरी गर्ने भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइकन नै वैकल्पिक विधिमार्फत परीक्षा लिन सुझावसहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको हो ।

    अब शिक्षा मन्त्रालयले यसबारे थप छलफल गरी निर्णय गराउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने छ । त्यसपछि मात्रै परीक्षा कसरी गर्ने भन्नेबारे टुङ्गो लाग्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - १६:१३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology