शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संगम साकोस बट्टारद्धारा त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

संगम साकोस बट्टारद्धारा त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नागरिक पाटी

१७, जेठ २०७८
  • 8.5K
    SHARES
  • संगम साकोस बट्टारद्धारा त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बट्टारले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशुली अस्पताललाई ICU Bed Electric & Patient Monitor उपलब्ध गराएको छ । नुवाकोट जिल्लामा समेत कोरोनाभाईरस (कोभिड –१९) को संक्रमणले वुवाआमा दाजुभाइ दिदीबहिनी हरु उपचाररत रहेको छ र कतिको स्वर्गारोहण भएको अवस्था छ ।

    images
    images

    यस्तो विषम परिस्थितिमा समाज भित्र संचालित सगम सहकारीले सामाजिक उतर दायित्ववोध गरि नुवाकोट ,रसुवा र धादिङको जनताले वढि सेवा लिईरहेको वागमति प्रदेश अन्तर्गतको त्रिशूली अस्पतालमा संस्था आफैले १-१ थान ICU Bed Electric / Patient  Monitor tyf csf]{ Nepali In Okayama -Japan   संयोजकः नवराज वस्नेत (वि न पा ९ ,हाल जापान) को अग्रसरतामा आँशिक आर्थिक सहयोग प्राप्त गरि संगम सहकारीको समेत आर्थिक सहयोगमा पुनःअर्को १-१ थान ICU Bed Electric / Patient  Monitor समेत गरि संगम सहकारीले २-२ थान उक्त उपकरण मिति २०७८ जेष्ठ १६ गते आईतवार विहान थोरै संख्यामा संस्थाका पदाधिकारीहरु र सल्लाहकारहरुको उपस्थितीमा भौतिक दूरी र स्वास्थ्य सुरक्षा अपनाउदै संस्थाका अध्यक्ष नारायण श्रेष्ठ र विदुर नगरपालिमा वडा नं ९ का वडा अध्यक्ष शनि चित्रकारले कार्यक्रमका विच हस्पिटलका म्यानेजर रिकेश रानालाई हस्तान्तरण गरिएको छ ।

    narayan shrestha.jpg

    हस्तान्तरण गरिएको २ वटा आईसियु बेड र मनिटरको मूल्य करिव रु. ६ लाख रहेको संस्थाका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । हस्पिटल म्यानेजर रानाले अस्पतालमा अहिलेको महामारीमा सुविधा प्रदान गर्न सहयोगी हुने भएकोले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै हाल ६ आईसियु र ४ भेन्टीलेटर गरी १० बेड रहेकोमा अब देवी कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको जानकारी दिनुभयो ।
    सहकारीले यसअघि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर र पानी शुद्धिकरण गर्ने उपकरण KENT RO Water Purifiers उपलब्ध गराएको थियो ।

    गतवर्ष विदुर नगरपालिकाको कोरोना राहतकोषमा ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको थियो । यसका अलावा अहिले जिल्ला सहकारी संघ र नुवाकोट वचत तथा ऋण सहकारी संघ ,नुवाकोटको राहतकोष खातामा समेत सहयोग गरेको छ । सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आईरहेको संस्थाका व्यवस्थापक अजयकुमार थापाले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - १९:३७:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology