शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेप्सेको कारोबार रकम सवा चार अर्बमा सिमित

नेप्सेको कारोबार रकम सवा चार अर्बमा सिमित

नागरिक पाटी

२२, आषाढ २०७८
  • 3.3K
    SHARES
  • नेप्सेको कारोबार रकम सवा चार अर्बमा सिमित

    काठमाण्डौँ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको छ । यसअनुसार मंगलबार ५.२४ अंक घटेर समग्र नेप्से २ हजार ८ सय १८।१० अंकमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.१९ प्रतिशत कम हो । गत आइतबार नेप्से करिब साढे ६ अंक र सोमबार करिब १२ अंक घटेको थियो ।

    images
    images

    नेप्से परिसूचकसँगै कारोबार रकममा पनि लगातार गिरावट आएको छ । मंगलबार करिब ४६ हजार कारोबारबाट २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो । सोमबार ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसअघि नेप्से निरन्तर बढिरहँदा दैनिक करिब २० अर्ब रुपैयाँसम्म कारोबार भएको थियो ।

    आर्थिक वर्षको अन्तिम साता भएकाले पनि सेयर बजारमा उत्साह नदेखिएको जानकारहरु बताउँछन् । कोभिड–१९ को कारणले सृजित लकडाउनका कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएकाले लगानीकर्ता सेयर बजारमा भित्रिएका थिए । यही कारण सेयर बजारले उच्च गति लिएको थियो । बैंक तथा वित्तीय संस्थाले ठूलो परिणामका सेयर कर्जा प्रवाह गरेका छन् । यही कारण राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सेयर कर्जा सम्बन्धमा के कस्तो नीतिगत व्यवस्था गर्ने भन्नेबारे व्यापक छलफल चलाएको छ । अहिले लगानीकर्ता आगामी मौद्रिक नीतिको पर्खाइमा रहेको जानकारहरुको भनाइ छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १९:०४:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology