शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"आयो तिम्रै राजा" मा यसराज र सरिता बेहुला बेहुली

"आयो तिम्रै राजा" मा यसराज र सरिता बेहुला बेहुली

सफलता आचार्य

४, श्रावण २०७८
  • 8.1K
    SHARES
  • "आयो तिम्रै राजा" मा यसराज र सरिता बेहुला बेहुली

    काठमाडौं । नवोदित गायक गणेश थापाको स्वरमा नयाँ गीत आयो तिम्रो राजाको भिडियो सोमबार रिलिज भएको छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो । रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ । गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् ।

    images
    images

    यो गीतको भिडियो पनि नृत्य प्रधान र आकर्षक बनेको छ । गीतको भिडियोमा नायक नायिकाको रुपमा अभिनेता यसराज गराच र गायिका तथा मोडल सरिता भारती प्रस्तुत भएका छन् । यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रुपमा प्रस्तुत भएकी छन् । यसराज र सरिताको अभिनय प्रसँसनीय छ ।

    यो गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका हुन् । उनी यो गीतबाट एक दशकपछि नृत्य निर्देशन तथा निर्देशनमा फर्किएका हुन् । गीतमा सुरेश कुमार राउतको सम्पादन, टंक केसीको छायाँकन, बिना रानामगर र शोभा श्रेष्ठको सृँगार रहेको छ । यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुन् ।

    चार दशक अघि काठमाडौंको आरआर क्याम्पस पढ्दा गायनमा लागे पनि विभिन्न कारणले गणेश थापाले गायनलाई अघि बढाउन सकेनन् । उमेरले ६० पुग्दै गर्दा यिनै कलाकार यतीबेला भने गायकको रुपमा उत्रिएका हुन् । आफुले चाँडै नयाँ गीतिसँग्रह ल्याउने पनि गायक थापाले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - २१:२४:५६ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology