शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अन्जु पन्तको स्वरमा "छटपटी" सार्वजनिक (भिडियो)

अन्जु पन्तको स्वरमा "छटपटी" सार्वजनिक (भिडियो)

सफलता आचार्य

४, श्रावण २०७८
  • 6.9K
    SHARES
  • अन्जु पन्तको स्वरमा "छटपटी" सार्वजनिक (भिडियो)

    काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ुछटपटीु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ।

    images
    images

    प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। गायक लिम्बु जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउछन्। यसअघि गायक लिम्बुको स्वरमा बुझिदेउ, म पागल, जलेर खरानी लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

    वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इजरायलमा छायांकन गरिएको यस भिडियोलाई सन्तोष माबो (माबो क्रिएशन) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। 

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - २१:२९:४८ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology