धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ को खत्रीपौवामा रहेको न्यू एक्टिभिटीज क्लबको २७औं बार्षिक उत्सवको अवसरमा पाँचौं बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन्। क्लबको बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको न्यू एक्टिभिटीज क्लबका अध्यक्ष राजिव लामाले जानकारी दिनु भएको छ ।
रक्तदान कार्यक्रममा नेपालको सबैभन्दा बढि रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यले १६७औं पटक रक्तदान गनु भएको अध्यक्ष लामाले बताउनु भएको छ । रक्तदाता कर्माचार्यलाई क्लबले आज कार्यक्रमका वीच अभिन्नदन समेत गरेका छ ।
कार्यक्रममा न्यू एक्टिभिटीज क्लब अध्यक्ष राजिव लामा, नेपाल रेडक्रस सोसाइटीका महानिर्देशक मनिता राजकणिकार,रक्तदाता प्रेमसागर कर्माचार्य लगायतको सहभागीता रहेको थियो ।