रसुवा । रक्षा बन्धनको अवसरमा रसुवाको गोसाइँकुण्डमा मेला भर्न जानेहरुको घुइँचो लागेको छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले मेला स्थगित गरे पनि भक्तजनहरु गोसाइँकुण्ड पुगिरहेका छन् ।
जनै पूर्णिमाका लागि पवित्र कुण्डमा स्नानका लागि झण्डै दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेका जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, भौतिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।गोसाइँकुण्डमा मेला स्थगित भए पनि भक्तजनको चाप बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले पनि जानकारी दिनुभयो ।