शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगियो

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगियो

नागरिक पाटी

६, भाद्र २०७८
  • 5.8K
    SHARES
  • नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगियो

    काठमाण्डौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको नेताहरुले बताएका छन् ।

    images
    images


    क्रियाशील सदस्यताको विवाद टुंग्याउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समिति गठन गरिएको थियो ।

    सभापति देउवालाई सहमतिको प्रतिवेदन आज बेलुका नै बुझाउने समितिको तयारी छ । बारा, सप्तरीलगायत ६ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - १५:२२:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology