शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा (एकीकृत समाजवादी) पार्टीद्धारा पाँच सदस्यीय स्थायी कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) पार्टीद्धारा पाँच सदस्यीय स्थायी कमिटी गठन

नागरिक पाटी

१२, भाद्र २०७८
  • 7.1K
    SHARES
  • नेकपा (एकीकृत समाजवादी) पार्टीद्धारा पाँच सदस्यीय स्थायी कमिटी गठन

    नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ। एमाले फुटेर बनेको उक्त दलको स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई नै राखिएको छ।

    images
    images

    स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। छिटै राष्ट्रिय भेला बोलाउने र त्यस लगत्तै राष्ट्रिय परिषद्मार्फत स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य तथा पदाधिकारीको टुंगो लगाउने सो दलले जनाएको छ।

    पार्टी स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। सरकारमा ककसलाई पठाउने भन्ने निर्णय भने भएको छैन। पार्टीले पाउने मन्त्रालय टुंगो लागिनसकेका कारण सरकारमा कसलाई पठाउने भन्ने निर्णय नभएको एकीकृत समाजवादीले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०७:२८:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology