शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डन

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डन

नागरिक पाटी

१३, कार्तिक २०७८
  • 5.4K
    SHARES
  • प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डन

                                                                    तस्बिर : रासस
    जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डन पुग्नु भएको छ । प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डमा रहेको ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा गएराति लण्डन पुगेको हो ।

    images
    images

    प्रधानमन्त्री देउवा हिजो बिहान काठमाण्डौबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो । विमानस्थलमा उहाँलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आज र भोलि बेलायत रहनुहुने तथा विभिन्न भेटघाट र कार्यक्रममा व्यस्त हुनुहुनेछ ।

    प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा प्रेमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २० जना हुनुहुन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - ०७:५८:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology