शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमसीसी पारित ढिलाइबारे अमेरिकी चासो

एमसीसी पारित ढिलाइबारे अमेरिकी चासो

नागरिक पाटी

१४, कार्तिक २०७८
  • 6.1K
    SHARES
  • एमसीसी पारित ढिलाइबारे अमेरिकी चासो

    अमेरिकाले संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुँदा लाखौं नेपाली यसबाट पाउने लाभबाट बञ्चित भएको जनाएको छ। वासिङटन डिसीस्थित एमसीसीको मुख्यालयले एमसीसी पारित नगरि संसद अधिवेशन स्थगित गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो ।

    images
    images

    गत महिना एमसीसीका उपाध्यक्ष फातिमा सुमारको भ्रमण भएका बेला संसदबाट एमसीसी पारित गर्ने बारे नेपाल सरकारले प्रतिवद्धता जनाएको समेत विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले एमसीसीअन्र्तगत ६० अर्ब रुपयाँ अनुदान दिने भनेको छ। एमसीसी कार्यान्वयनअघि संसदबाट पारित गर्नुपर्ने व्यवस्था भएपछि नेपालका राजनीतिक दलहरु सोबारे विभाजित छन् ।

    अमेरिकाले दिने भनेको झण्डै ६० अर्ब रुपयाँ नेपालको उर्जा र सडकलगायत पूर्वाधार विकासमा प्रयोग गरिने भनिएको छ । तर एमसीसी कार्यान्वयन गर्न भएको ढिलाइबाट नेपाली जनता त्यसको लाभ लिनबाट बञ्चित भइरहेको एमसीसी मुख्यालयले जनाएको छ।

    उपाध्यक्ष सुमारसँगको भेटमा प्रधानमन्त्रीलगायत गठबन्धन दलका शीर्ष नेताहरुले एमसीसीबारे दलीय सहमति जुटाएर निर्णय लिने भनेका थिए। प्रतिपक्षी दल नेकपा एमालेले समेत सरकारको स्पष्ट धारणा आएपछि एमसीसीबारे प्रतिक्रिया दिने भनेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - १६:१९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology