चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । सौराहामा बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्रको कार्यक्रम निर्धारित समयभन्दा तीन घण्टा बित्दा पनि सुरु हुन सकेको छैन ।
महाधिवेशन प्रतिनिधिहरुको कार्ड वितरणलगायका कारण बैठक सुरु हुन नसकेको बताइएको छ । नारायणी नदीको किनारमा शुक्रबार उद्घाटन गरिएको अधिवेशन भोलि समापन हुने कार्यालयल सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
सर्वसम्मतीममा नेतृत्त्व चयनका लागि भन्दै एमालले पदाधिकारीको संख्या बढाएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गएराति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो ।
अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय)मा १९ सदस्य हुनेछन् । अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १र१, उपाध्यक्ष स् ६, महासचिव १ क उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।