शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने

एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने

नागरिक पाटी

१३, मंसिर २०७८
  • 4.8K
    SHARES
  • एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने

    नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।

    images
    images

    चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।

    निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लैजानुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - ०८:०१:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology