शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिपुरासुन्दरीमा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न

त्रिपुरासुन्दरीमा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न

नागरिक पाटी

२२, मंसिर २०७८
  • 5.8K
    SHARES
  • त्रिपुरासुन्दरीमा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न

    धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाले बालमैत्री न्युनतम सुचक ,भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक,मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्नु पर्ने त्रिपुरा सुन्दरी गाउँपालिाका वडा नं ५ का वडाध्यक्ष कुश बहादुर सिटौलाले बताउनुभयो । बुधबार त्रिपुरासुन्दरी गाउँपालिकामा वडा नं ५ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि आयोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला उद्घाटनको अवसरमा वडाध्यक्ष सिटौलाले सो कुरा बताउनु भएको हो ।
    गाउँपालिकालाई बालमैत्री स्थानीय शासनको सेवा प्रवाहका ३६ र संसथागत १५ वटा गरि ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत देवकोटाले बताउनु भयो । वडा नं ५ का वडाध्यक्ष कुश बहादुर सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि तथा बालक्लबका प्रतिनिधि ,महिला स्वास्थ्य स्वयमसेबिका ,स्वास्थ्य संस्थाका प्रतिनिधि ,शिक्षक,महिला संञ्जालका प्रतिनिधिहरु सहित सरोकारवालाहरु गरि ३१ जनाको सहभागीता रहेको थियो ।
    बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।

    images
    images

    कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु, सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो । कार्यशाला पछि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कुश बहादुर सिटौलाको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन भएको कठेरीबाट मिना देवकोटाले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७८ बुधवार - १८:५६:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology