धुनिबेशीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । धुनिबेशी नगरपालिका क्षेत्र भित्रका नागरिकहरुले सेवा लिएका छन् । मंसिर २१ गते देखि सुरु भएको आाखा शिविरमा आज विहान सम्म ७९ जनाले आँखाको शल्यक्रिया गरेका छन भर्ने १६० जनाले ओपिडी सेवा लिएको आयोजक नेपाल नेत्रज्योति संघले जनाएको छ । आज विहिबार पनि आँखाको शल्यक्रिया तथा ओपिडि जान गर्ने जनाएको छ ।
निःशुल्क आँखा शिविर सञ्चालन कार्यक्रमलाई अबलोकन गर्न जानु भएका नगरपालिकाका उपप्रमुख निरू खरेलले विभिन्न संघ संस्थाको सहयोगमा नगरले आँखा जाँच तथा शल्यक्रिया शिविर राखेको बताउनु भयो । उहाँले विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा नगरपालिकाले दिदै आएको समेत जानकारी दिनु भएको छ ।
त्यसै गरी नगर प्रमुख आचार्यले धुनिबेशीमा आएर आँखा उपचार शिविर राखेर सेवा दिनु भएकोमा आयोजकलाई धन्यवाद दिनु भएको छ। प्रमुख आचार्यले नगरपालिकामा आफु निर्वाचित भएर आए पछि स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन गरेको बताउनु भएको छ । तिन वटा स्वास्थ्य संस्थामा ल्याब सहितको स्वास्थ्य सेवा दिदै आएको जानकारी समेत गराउनु भएको छ। उहााले स्वास्थ्य, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकता काम गरेको बताउनु भएको छ ।