शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शिक्षक सेवा आयोगद्धारा माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला

शिक्षक सेवा आयोगद्धारा माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला

नागरिक पाटी

२९, मंसिर २०७८
  • 3.9K
    SHARES
  • शिक्षक सेवा आयोगद्धारा माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला

    शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो ।

    images
    images

    आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेद्वारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो । नेपाली विषयको लागि २ सय ३१ जना शिक्षकको माग भएको छ । यस्तै, अंग्रेजी विषयको लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९ जना, विज्ञानको लागि चार सय ३५ जना, सामाजिक विषयको लागि दुई सय एक जना र अर्थशास्त्र विषयमा १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

    यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक जना, शुक्लयजुर्वेदमा दुई जना, स्वास्थ्यमा दुई जना, संस्कृत व्याकरणको लागि २ जना, संस्कृत भाषाको लागि तीन जना, संस्कृत साहित्यको लागि एक जना, कम्प्युटर विज्ञानको लागि ६ जना र न्याय विषयको लागि एक जना शिक्षक विज्ञापन खुला भएको हो । इच्छुक व्यक्तिले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, आयोगकाे आधिकारिक वेबसाइट https://online.tsc.gov.np/ मा गएर अनलाइन दरखास्त पनि दिन सकिनेछ । लिखित परीक्षा चैत १५ गते हुने आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - ०९:३८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology