शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युवा कृषक न्यौपाने सम्मानित, २० वटा विषादी स्प्रे वितरण गर्ने घोषणा

युवा कृषक न्यौपाने सम्मानित, २० वटा विषादी स्प्रे वितरण गर्ने घोषणा

आशिष ठकुरी

८, पौष २०७८
  • 7.6K
    SHARES
  • युवा कृषक न्यौपाने सम्मानित, २० वटा विषादी स्प्रे वितरण गर्ने  घोषणा

    धादिङको धुनिवेशी ३ का युवा कृषक युद्ध न्यौपाने सम्मानित हुनुभएको छ । आफ्नो १९ औँ वार्षिक साधारण सभाको अवसरमा जिवनपुर साना किसान कृषी सहकारी सँस्थाले कृषक न्यौपानेलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।

    images
    images

    न्यौपाने उक्त सहकारीको अन्तरसमुह ८ समुह नम्बर २८ का सेयर सदस्य पनि हुनुहुन्छ । केहि समय अघि मात्र उहाँ राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार तथा ५ लाख नगद सहित कृषी ताराको अवार्डबाट पनि सम्मानित हुनुभएको थियो ।

    कार्यक्रममा युवा कृषक तथा उद्यमी न्यौपानेले सहकारी मार्फत २० जना कृषकहरुलाई विषादी स्प्रे प्रदान गर्ने पनि घोषणा गर्नुभएको छ । पुरस्कार प्राप्त गरेको ५ लाख मध्येबाट स्प्रे खरिद गरेर सहकारीलाई उपलब्ध गराउने र सहकारीले सक्रिय कृषकहरुलाई वितरण गर्न सक्ने उहाँको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - १८:५६:४३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology