शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हाइवे बचत तथा ऋण सहकारी सँस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

हाइवे बचत तथा ऋण सहकारी सँस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

आशिष ठकुरी

११, पौष २०७८
  • 6.8K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारी सँस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

    धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ मा रहेको हाइवे बचत तथा ऋण सहकारी सँस्थाको १५ औँ वार्षिक साधारण सभा कार्यक्रम भएको छ । कार्यक्रममा विभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका छन् । साधारण सभा मार्फत वार्षिक प्रगती प्रतिवेदन, वित्तिय स्थिती विवरण, नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतको बारेमा सहभागीलाई जानकारी गराईएको छ ।

    images
    images

    यस्तै कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट बाल बचत सदस्य, बचत तथा क्रृणको आधारमा उत्कृष्ट कारोबार, उत्कृट शेयर कारोबार र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । यस्तै कार्यक्रममा सहभागी अतिथी तथा अन्य व्यक्तित्वहरुलाई मायाको चिनो पनि प्रदान गरिएको छ ।

    highway 2.jpg

    सहकारीका अध्यक्ष उमा सिँखडा नेपालको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सँघका उपाध्यक्ष शान्ती अधिकारीको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा गल्छि गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिना, विभिन्न वडा का वडा अध्यक्षहरु, बागमती प्रदेश सहकारी सँघका लेखा सँयोजक नेत्रराज पौडेल लगायतको आतित्थ्यता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - १७:३७:३४ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology